काठमाण्डौ । दुई विकास बैंकले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएका छन्।
नारायणी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद लिलामीमार्फत बिक्री गर्ने भएका हुन्। यी दुवैको कुल २ लाख ६५ हजार ७६९ कित्ता सेयर लिलामीमा राखिनेछ।
नारायणीले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो। जसमा बिक्री नभउको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर भोलि चैत १० गतेबाट लिलामीमा राख्नेछ।
लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन।
लिलामीमा राखिने सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्न सकिनेछ। त्यस्तै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि आवेदन पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १७ गते बैंकिङ समयसम्म तोकिएको छ।
यसैगरी कर्पोरेटले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म हकप्रद बिक्री गरेको छ। त्यतिबेला बिक्री नभएको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता सेयर बैंकले यही चैत १६ गतेबाट लिलामीमा राख्न लागेको हो।
लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन।
लिलामीमा राखिने सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र धितोपत्र सिभिल क्यापिटल मार्केट लिमिटेडको काठमाण्डौ सुन्धारास्थित कार्यालयमा पेस गर्न सकिनेछ। त्यस्तै सिभिलका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकको रजिस्टर्ड कार्यालय तथा शाखाहरु वीरगन्जको आदर्शनगर, वीरगन्जको ड्राइपोर्ट, वीरगन्जको चोर्नी र वीरगन्जको बसपार्कबाट पनि आवेदन पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २४ गते बैंकिङ समयसम्म तोकिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago