काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ।
सेबोनले माई खोला हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। माई खोला हाइड्रोपावरले चुक्तापुँजीको ४९ प्रतिशत र मोदी इनर्जीले २५ प्रतिशतबराबरको आईपीओ जारी गर्ने अनुमति पाएका छन्।
अब माई खोला हाइड्रोपावरले १०० अंकित दरका कुल १९ लाख २१ हजार ५६ हजार ८०० कित्ता र मोदी इनर्जीले ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाउने छन्। यी दुवैले स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछन्।
आईपीओ बिक्री प्रबन्धकमा माई खोला हाइड्रोपावरको प्रभु क्यापिटल र मोदी इनर्जीको सनराइज क्यापिटल रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19