काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्त संस्थाको पौने २२ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा आँधिखोला लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको कुल २१ लाख ८९ हजार ५३५.५६ कित्ता बोनस सेगर थपिएको हो। जसमा आँधिखोला लघुवित्तको ३ लाख ५७ हजार कित्ता र फर्स्ट माइक्रोफाइनान्सको १८ लाख ३२ हजार ५३५.५६ कित्ता छन्। 

आर्थिक वर्ष २०७८–८९का लागि आँधिखोला लघुवित्तले ३० प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।