काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। 

सेबोनले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले मनकामना इन्जिनियरिङलाई २८ करोड रुपैयाँ र भगवती हाइड्रोपावरलाई १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँबराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको छ। 

सेबोनले भगवती हाइड्रोपावरलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको छ। योसँगै अब यो कम्पनी अंकित मूल्य १०० रुपैयाँ १६ रुपैयाँ प्रिमियर थपेर प्रतिकित्ता ११६ रुपैयाँमा कुल १४ लाख ३० हजार १६२ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। 

भगवती हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि गरी २ चरणमा आईपीओ बिक्री गर्नेछ। यो आईपीओ कम्पनीको चुक्तापुँजी २५ प्रतिशतबराबर हुन आउँछ। 

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

यसैगरी मनकामना इन्जिनियरिङले १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ। यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३५ प्रतिशतबराबर हुन आउँछ। 

मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।