काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप २ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
सेबोनले चिरख्वा हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले चिरख्वा हाइड्रोपावरलाई चुक्तापुँजीको ३० प्रतिशत र माथिल्लो मैलुङ खोला जलविद्युतलाई २५ प्रतिशतले हुन आउने आईपीओ बिक्री खुला गर्ने अनुमति दिएको छ।
अब चिरख्वाले १२ करोड रुपैयाँ र माथिल्लो मैलुङ खोलाले २५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछन्। जसअनुसार १०० अंकित दरका चिरख्वाले १२ लाख कित्ता र माथिल्लो मैलुङ खोलाले २५ लाख कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछन्।
आईपीओ बिक्री प्रबन्धकमा चिरख्वाको आरबीबी मर्चेन्ट बैंकिङ र माथिल्लो मैलुङ खोलाको सानिमा क्यापिटल रहेका छन्।
आईपीओ बिक्रीपछि चिरख्वाको चुक्तापुँजी ४० करोड रुपैयाँ र माथिल्लो मैलुङ खोलाको १ अर्ब रुपैयाँ पुग्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago