-भक्तराज रसाइली
काठमाण्डौ । राजनीतिक पारिवारिक पृष्ठभूमिबाट पूर्ण व्यवसायिक क्षेत्र ब्रोकरेज सेवामा आवद्ध व्यक्ति हुन् ब्रोकर नम्बर ५९ अर्थात् दिब्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रालिका प्रबन्ध निर्देशक हुन् रामप्रसाद आचार्य ।
पर्वत जिल्ला कुश्मा नगरपालिका ७ घर भएका प्रबन्ध निर्देशक आचार्यले पब्लिक युथ क्याम्पसबाट स्नातक उत्तीर्ण गरे । एमकम अध्ययनरत रहँदा २०४९ सालमा उम्मेदवारी दिन गाउँ पुगे । नभन्दै नेपाली काङ्ग्रेसबाट २०४९/२०५४ सालमा गाविस अध्यक्ष भएका आचार्यले पुनः अर्को चुनावमा स्वतन्त्रबाट २०५४ सालदेखि २०६० सालसम्म दोस्रो कार्यकाल पनि अध्यक्षको निर्वाचन जिते ।
आफ्ना मित्र दीपकबाबू कँडेलले नै ब्रोकर कम्पनीको सेयर खरिद गरेर ब्रोकर बन्न सुझाएसँगै उनी हालसम्म पनि ब्रोकर पेशामा रमाइरहेका बताएका छन् ।
दिब्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रालि २०६४ सालमा दर्ता गरी २०६९ साल जेठ १५ गतेबाट धितोपत्र कारोबार गर्दै आएको छ । कम्पनीमा ४ जना प्रमोटर रहेकामा अध्यक्ष लोकराज भट्ट छन् । कम्पनीको चुक्ता पूजी २ करोड १ लाख रहेको छ भने नेटवर्थ ६ करोड रहेको जनाएको छ ।
काठमाण्डौको न्यूप्लाजामा रहेको ब्रोकर नम्बर ५९ उपत्यका बाहिर बाग्लुङ थापारोडमा शाखा कार्यालय रहेको छ । कम्पनीले शाखा विस्तारका लागि थप ५ स्थानमा धितोपत्र बोर्डसमक्ष आवेदन दिएको जानकारी दिएको छ । कम्पनीमा हाल कुल १७ जना कर्मचारीहरु कार्यरत छन् ।
कम्पनीले गत आवको चौथो त्रैमासमा कुल १३७ कम्पनीका रु १ अर्ब २८ करोड ९० लाख बराबरको कारोबार गरेको छ भने गत आवमा करिब रु ४ अर्ब ८५ करोड ५० लाख रकम बराबरको कारोबार गरेको कम्पनीले जनाएको छ ।
दिब्याले २०७३ सालबाट डीपी सेवा समेत दिंदै आइरहेकोमा ७ हजार ६ सय ५३ जनाले डिम्याट खाता खोलेका छन् भने संस्थागततर्फ ५० बढी कम्पनीले डिम्याट खाता खोलेको कम्पनीले जनाएको छ । कुल अपडेटेड केवाइसी खाता भने १५ हजार १ सय २८ रहेको कम्पनीको भनाइ छ।
केन्द्रीय कार्यालय न्यूप्लाजामा दैनिक ग्राहक उपस्थिति औसत २५ जना रहँदै आइरहेकोमा यस ब्रोकर हाउसमार्फत दैनिक औसत ६० जनाले धितोपत्र कारोबार गर्दै आइरहेको कम्पनीको दाबी छ।
आफूलाई मध्यम ब्रोकर भन्न रूचाउने प्रबन्ध निर्देशक आचार्यका अनुसार सेवाग्राहीलाई मीठो बोलीवचन र व्यवहार गरिने पक्षलाई बलियो पक्ष मान्दै आएका छन् ।
आफ्नो मित्र दीपक बाबू कँडेलको हौसला र निकटतम सम्बन्धकै कारण ब्रोकर कम्पनीमा सेयर किनेर प्रवेश गरेको आचार्यले विगत सम्झे ।
गुनासोरहित सेवासुविधा दिदै आएको बताउने आचार्यले स्टक डिलर र एडभाइजरी सेवा ब्रोकरहरुले समेत प्रवाह गर्न पाउनुपर्ने माग गरे।
आचार्यको ब्रोकर हाउसमा आफ्नो ब्रोकर कार्यालयमा सफा पिउनेपानी, चियाखाजा, हाइजेनिक शौचालय, आरामदायी कुर्सी, सहज तथा लगानीमैत्री वातावरण रहेको छ ।
मित्रवत कर्मचारी, पारिवारिक वातावरण, सहज भुक्तानी व्यवस्था, कम भीडभाड लगायतका कारणले समेत ५९ बाट सेवा लिन आचार्यले आग्रह समेत गरे ।
नेप्से र सेबोनको सहकार्य र एकता पूँजीबजारको विकास र विस्तारका लागि अपरिहार्य भएकोमा आचार्यले जोड दिए ।
आर्थिक विकास र गतिविधिका लागि पूँजीबजारको उल्लेखनीय भूमिका रहने उल्लेख गर्दै आचार्यले देशको मेरूदण्ड भएको जिकिर समेत गरे ।
हालसम्म कम्पानीले नियामकीय कार्वाही भोग्नु नपरेको दाबी समेत गरेको छ।
स्पष्ट नीतिगत व्यवस्थाको खडेरी भएकोले पूँजीबजारको प्रमुख चुनौती भएको आचार्यको बुझाइ छ। नीतिगत निर्देशन परीक्षणमुखी र अस्थिर हुनु, तरलताको अभाव, लगानीकर्ता सचेतनाको अभाव लगायतका विषयहरु हाल पूँजीबजारका लागि चुनौती भएको दाबी गर्दै आचार्यले भने–‘नीतिगत स्थिरता तथा स्पष्टता भए पूँजीबजारले काचुली फेर्छ।’
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाहरुलाई स्टक डिलरका रुपमा भित्र्याउनुपर्ने र यसले सेयर बजारमा स्थायित्व ल्याउने आचार्यले तर्क पेश गरे ।
सरकारबाटै लगानीमैत्री वातावरणको सिर्जना र वैदेशिक लगानी पूँजीबजारमा भित्र्याउन जरूरी रहेको आचार्यले औल्याएका छन ।
लगानीकर्ताका आँखामा दिब्या सेक्युरिटीज एन्ड स्टक हाउस प्रालि
बिमल तिमिल्सिना-५२ वर्ष-पूर्व बैंकर, टोखा
प्राथमिक बजारमा विगत २५ वर्षदेखि सक्रिय रहेकोमा दोश्रो बजारमा विगत ६ महिनादेखि यहीँबाट सेवा लिइरहेको छु। तुलनात्मक रूपमा यहाँको सेवासुविधा एकदमै राम्रो र पारिवारिक वातावरण रहेको महशुस गर्दै आएको छु । भुक्तानीमा समेत यहाँ सरलता छ। म १० नम्बरमध्ये ९ नम्बर दिन चाहन्छु ।
धरणीधर दाहाल-४१ वर्ष-कन्सल्टेन्सी संचालक, भक्तपुर
डेढ दशकदेखि सेयर बजारको यात्रामा मैले दिव्याबाट सेयर कारोबार गरेको ५ वर्ष भयो। मलाई यहाँ सबै ठीक लाग्छ र पूर्ण सन्तुष्ट पनि छु । आगामी दिनमा यहीँबाट मार्जिन लेन्डिङ्गको व्यवस्था भए सहज हुन्थ्यो । म १० नम्बरमा ९ नम्बर दिन्छु ।
सुवास भेटवाल-३८ वर्ष, कन्स्ट्रक्सन संचालक, बौद्ध
दश वर्षदेखि सेयर बजारमा आवद्ध म यहाँ स्थापनाकालदेखिको सेवाग्राही हुँ। एकदमै राम्रो र सन्तुष्ट छु । म १० मा १० नै दिन्छु ।
बिमला दवाडी, २२ वर्ष ,विद्यार्थी, कलंकी
विगत २ हप्तादेखि म यहाँबाट सेयर कारोबार गर्दै आइरहेकी छु । यहाँ सबै राम्रो लाग्यो । म १० मा १० नम्बर नै दिन्छु ।
१० नम्बरमा १० नम्बर नै दिन चाहने लगानीकर्ताहरु:
१० नम्बरमा ९ र ८ नम्बर दिन चाहने लगानीकर्ताहरु:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19