काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले एकै दिन कात्तिक २८ गते वार्षिक साधारणसभा गर्ने भएका छन् ।
बोटलर्स नेपालले ४१ औँ र बोटलर्स नेपाल (तराई) ले २३ औँ वार्षिक साधारणभास गर्न लागेका हुन् । दुवै बोटलर्सको सभा काठमाण्डौको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा हुनेछ । सुरुमा बिहान ११ बजेदेखि बोटलर्स नेपालको र दिउँसो ४ बजेदेखि बोटलर्स नेपाल (तराई)को हुनेछ ।
बोटलर्स नेपाल (तराई) गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने भनी प्रस्ताव गरेको प्रति सेयर रु ४० नगद लाभांश सभाले अनुमोदन गरेको छ । बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षमा ३४ करोड ६३ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बोटलर्स नेपाल (तराई) ले अघिल्लो आर्थिक वर्षमा पनि सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसले सबैभन्दा बढी आर्थिक २०६८/६९ मा ८५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको थियो । त्यसअघि २०६७/६८ मा ५५ प्रतिशत लाभांश थियो ।
बोटलर्स नेपालले भने गत आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा भने यसले २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०६९/२०७० मा ६०, २०६८/६९ मा ७० र २०६७/६८ मा ५५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको थियो ।
दुवैको साधारणसभा प्रयोजनका लागि कात्तिक १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरिएको छ । दुवै सभाले कम्पनीका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19