काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई वाणिज्य बैंकसहित सात बैंक तथा वित्तीय संस्थाको शुक्रबार सेयरमूल्य समायोजन गरेको छ।
गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले मेगा र लक्ष्मी बैंकसहित गुडविल र पोखरा फाइनान्स तथा मेरो माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त र विजय लघुवित्तको सेयरमूल्य समायोजन भएको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता मेगाको २५० रुपैयाँ र लक्ष्मी बैंकको २६२ रुपैयाँ कायम भएको छ। यसअघि यी दुवै बैंकको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता मेगाको २७५ रुपैयाँ र लक्ष्मी बैंकको २८६ रुपैयाँ थियो। मेगाले १० प्रतिशत र लक्ष्मी बैंकले ९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन्।
यसैगरी सेयरमूल्य समायोजन हुँदा प्रतिकित्ता गुडविल फाइनान्सको १९६ रुपैयाँ र पोखरा फाइनान्सको १६७ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता गुडविलको २१३ रुपैयाँ र पोखरा फाइनान्सको १७५ रुपैयाँ रहेको थियो। गुडविलले ८.४० प्रतिशत र पोखरा फाइनान्सले ५ प्रतिशत बोनस सेयर घोषणा गरेका छन्।
यसैगरी समायोजित मूल्यअनुसार प्रतिकित्ता मेरो माइक्रोफाइनान्स ६८६ रुपैयाँ, लक्ष्मी लघुवित्तको १ हजार ३३५ रुपैयाँ र विजय लघुवित्तको १ हजार ६८ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता मेरो माइक्रोफाइनान्सको १ हजार १५ रुपैयाँ, लक्ष्मी लघुवित्तको १ हजार ५३५ रुपैयाँ र विजय लघुवित्तको १ हजार २७१ रुपैयाँ रहेको थियो। यीमध्ये मेरो माइक्रोफाइनान्सले १६.९४ प्रतिशत, लक्ष्मी लघुवित्तले १५ प्रतिशत र विजय लघुवित्तले १९ प्रतिशत बोनस सेयर घोषणा गरेका छन्।
यी सबै बैंक तथा वित्तीय संस्थाको अब समायोजित मूल्यअनुसार नै सेयर कारोबार खुल्ने छ।
यी बैंक तथा वित्तीय संस्थाको यही पुस मसान्तसम्म वार्षिक साधारणसभा हुँदैछन्।
यी सबैले आज पुस १७ गतेदेखि बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी बैंक तथा वित्तीय संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago