काठमाण्डौ । सीवाईसी नेपाल र शालिग्राम लघुवित्तसँगको मर्जर सम्झौता रद्द गरेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आउँदा आइतबारदेखि धितोपत्र दोस्रो बजारमा खुल्ने भएको छ।
यसअघि सीवाईसी र शालिग्राम लघुवित्तसँग मर्जरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्ले) आरम्भ चौतारीको सेयर कारोबार गत असोज ११ गतेबाट रोक्का गरेको थियो। अब ती दुई लघुवित्तसँग मर्जर सम्झौता रद्द गरेपछि आरम्भ चौतारीको सेयर कारोबार फुकुवा गरेको नेप्सेले बिहीबार सूचना जारी गरी जनाएको छ।
हिजो बुधबार नेपाल राष्ट्र बैंकले सीवाईसी नेपाल र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता रद्द गरेको आरम्भ चौतारीको धितोपत्र कारोबार फुकुवा गरिदिन भन्दै नेप्सेलाई पत्र लेखेको थियो।
ती दुई लघुवित्तसँग मर्जर रद्द गरेको आरम्भ चौतारीले गत पुस १३ गते फेरि बीपीडब्ल्यू र देउराली लघुवित्तलाई प्राप्ति गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19