काठमाण्डौ । आज कारोबार खुलेको २ घन्टाभित्रै १९ लघुवित्तसहित २१ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यो समाचार तयार पार्दासम्म ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त, आरएसडी लघुवित्त र छिमेक लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। 

यसैगरी आरम्भ चौतारी लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, समिट माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त, गुराँस लघुवित्त, सूर्योदय लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त, फस्ट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, सिभिल लघुवित्त, सामुदायिक लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन ऊर्जा विकास, निर्धन उत्थान लघुवित्त र विजय लघुवित्तको सेयरमूल्यमा भने १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

अहिलेसम्म नेप्से परिसूचक ६६.८३ अंकले बढेर २५६०.४२ को विन्दुमा उक्लिएको छ। यो बेलासम्म साढे ५ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भइसकेको छ।