ipo
काठमाण्डौ । दुई लघुवित्त कम्पनी र एक जलविद्युत गरी तीन कम्पनी आइपीओ निश्कासनका लागि धितोपत्र बोर्ड पुगेका छन् ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्त वित्तीय संस्था तथा सयपत्री हाइड्रोपावर लिमीटेड आइपीओ निश्कासनका लागि धितोपत्र बोर्ड पुगेका हुन् ।
मनकामना स्मार्ट लघुवित्तले ३ लाख ८९ हजार कित्ता र जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएका छन् । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आइपीओ निश्कासन गर्न खोजेका धितोपत्र बोर्डले जनाएको छ । बोर्डले यी दुवै कम्पनीको आइपीओ प्रस्तावलाई पाइपलाइनमा राखेको छ । दुवै लघुवित्तको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
यसैगरी, सयपत्री हाइड्रोपावर लिमीटेडले १०० रुपैयाँ अंकित दरकै ९ लाख कित्ता आइपीओ निश्कासन गर्न चाहेको छ । कुल ९ लाख कित्ता आयोजना प्रभावित र सर्वसाधारणका लागि हो । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago