काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी लिमिटेडले २ वाणिज्य बैंकसहित ४ कम्पनीमा रहेको आफ्नो स्वामित्वको साढे २ लाख बढी कित्ता संस्थापक समूहको सेयर आज साउन ५ गतेबाट लिलामीमा राखेको छ।
क्यापिटलले प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेपाल ग्रामी विकास लघुवित्त र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको २ लाख ५५ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा प्रभु बैंकको ५० हजार कित्ता, प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता रहेका छन्।
लिलामीमा राखिएका सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति कम्पनी, संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।
लिलामीमा राखिएका सेयरमध्ये प्रतिकित्ता प्रभु बैंकको २६३ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २५३ रुपैयाँ, नेपाल ग्रामीण किवास लघुवित्तको ५०० रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ५०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १५ गते बैंकिङ समयसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19