काठमाण्डौ । दुई वाणिज्य बैंकसहित चार कम्पनीका २ लाख कित्ता बढी सेयर आज भदौ ११ गतेबाट लिलामीमा राखिएको छ।
प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको प्रभु बैंक, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा राखिएको हो । प्रभु बैंकको ५० हजार कित्ता, नेसनल लाइफको ५० हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको ७० हजार कित्ता गरी कुल २ लाख ५ हजार कित्ता सेयर लिलामीमा राखिएको छ।
लिलामी सेयरहरु खरिद गर्नका लागि इच्छुक विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको प्रभु बैंकको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५, नेसनल लाइफको ४३७, नेपाल ग्रामीण विकास लघुवित्तको ४५५ र प्राइम कमर्सियल बैंकको २०८ रुपैयाँ निर्धारण गरिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले यी सबै कम्पनीका सेयर खरिदका लागि न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बोलपत्र एनआईसी एसिया क्यापिटल लिमिटेडको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २५ गते बैंकिङ समयसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19