काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ६ कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।
नेप्सेले हिमालयन बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रोग्रेसिभ फाइनान्स, मिर्मिरे लघुवित्त, मिथिला लघुवत्त र कालिका पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता हिमालयन बैंकको ३९८.७५ रुपैयाँ, सेञ्चुरी बैंकको २२६ रुपैयाँ, प्रोग्रसिभ फाइनान्सको ३३१.६८ रुपैयाँ, मिर्मिरे लघुवित्तको १२९५.८३ रुपैयाँ, मिथिला लघुवित्तको १५६७.२ रुपैयाँ र कालिका पावरको ४५०.४३ रुपैयाँ कायम भएको छ। अब समायोजित मूल्यअनुसार यी कम्पनीको सेयर कारोबारमा आउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी कम्पनीले आज पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। हिमालयन बैंक भने नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेकाले नेप्सेले सेयर कारोबार रोक्का गरेको छ।
हिमालयन बैंकले कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २१.६८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। प्रस्तावित लाभांश कैंकको यही पुस १४ गते हुने २९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। सोही सभाले १ः१ अनुपातमा इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सेञ्चुरी कमर्सियल बैंकले कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५.७५ बोनस सेयर र कर प्रयोजनार्थ ०.३ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश बैंकको यही पुस ३० गते हुने ११ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी प्रोग्रेसिभ फाइनान्सले ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस ३० गते हुने २५ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
मिर्मिरे लघुवित्तले चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही पुस २९ गते हुने ११ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
यस्तै मिथिला लघुवित्त कुल २६.३१५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश संस्थाको यही पुस २९ गते हुने १३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
कालिका पावरले १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद (करसहित) कुल १५.७८९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही पुस ३० गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19