काठमाण्डौ । दुई जलविद्युत कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

पिपुल्स पावर लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन्। यी दुवै आईपीओ निष्कासनको अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्।

पिपुल्सले गत पुस २७ गते आवेदन दिँदै सेबोनसँग आईपीओ निष्कासनको अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ।

कम्पनीले १०० अंकित दरका कुल ३० लाख ९९ हजार ७४० कित्ता निकाष्सन गर्नेछ। यो आईपीओ कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

पिपुल्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी रसुवागढीले गत पुस २३ गते सेबोनमा आईपीओ निष्कासन अनुमति मागेको छ। सेबोनबाट अनुमति पाएमा कम्पनीले आयोजना प्रभावित स्थानीयका कुल ६८ करोड ४२ लाख १० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनी १०० रुपैयाँ अंकित दरका कुल ६८ लाख ४२ हजार १०० कित्ता स्थानीयका लागि निष्कासन गर्नेछ।

रसुवागढीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।