काठमाण्डौ । पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्।
यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो।
ती कमर्चरीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन्। ‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशमा पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।
दुई महिना अवधिमा १ हजार ४ सय ४२ सरकारी कर्मचारीले ४९ देश भ्रमणका लागि सरकारबाट स्वीकृति लिएको नागरिकले प्राप्त गरेको विवरणमा उल्लेख छ । दुई महिनामा ३९ वटा समूहमा गरी १ सय ८ कर्मचारी दक्षिण कोरिया भ्रमणमा गएका छन् । यसपछि ४८ समूहमा गरेर ९० जनाले अमेरिका भ्रमण गरेका छन् ।
विभिन्न मुलुकमा भ्रमण गर्ने कर्मचारीमा अस्ट्रेलिया६०, अस्ट्रिया३, बहमास४, बहराइन७, बंगलादेश२२, बेल्जियम२२, भुटान१, कम्बोडिया१५, चिली७ र चीन६६ जना छन् । यसैगरी डेनमार्क११, इजिप्ट६, फ्रान्स३, जर्मनी ३७, हङकङ१, इरान१२, इजरायल७, इटाली४५ र जापान३४, जोर्डन२३, मलेसिया७३, मेक्सिको१, मंगोलिया३३, मोरक्को१ र म्यान्मार४६जना कर्मचारी भ्रमाणमा पुगेका छन् ।
त्यस्तै विदेश सयर गर्ने कर्मचारीमा नेदरल्यान्ड३, नर्वे१, पाकिस्तान२२, फिलिपिन्स११, पोल्यान्ड१०, कतार१७, साउदी अरब२१, स्लोभाकिया २, स्लोभानिया१, दक्षिण अफ्रिका१०, स्पेन१, श्रीलंका७१, सुडान३, स्विट्जरल्यान्ड६६, थाइल्यान्ड२१, टर्की८, संयुक्त अरब इमिरेट्स२२, संयुक्त अधिराज्य२०, पोर्चुगल १२ र भियतनाम ६जना छन् ।
यो तथ्यांक जेठ २ देखि असार २८ गतेसम्मको हो । कर्मचारीमध्ये अधिकांश फिल्ड भ्रमण, एक्पोजर भ्रमण र अवलोकन भ्रमणका लागि विदेश गएको तथ्यांकमा उल्लेख छ । यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago