काठमाण्डौ । धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्न अनुमति दिएको छ । 

बोर्डले मन्दाकिनी हाइड्रोपावर लिमीटेडलाई १७ करोड ६४ लाख रुपैयाँ बराबरको साधारण सेयर आयोजना प्रभावित र सर्वसाधारणका लागि जारी गर्न पाउने गरी स्वीकृति दिएको हो । 

यस्तै, सयपत्री हाइड्रोपावर लिमीटेडलाई पनि आइपीओ निश्कासनको अनुमति दिइएको बोर्डले जनाएको छ । यो कम्पनीले ९ करोड रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित र सर्वसाधारणलाई निश्कासन गर्ने अनुमति पाएको हो । 

दुवै कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने बराबरको सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई बिक्री गर्न लागेका बोर्डले जनाएको छ । 

सयपत्री हाइड्रोको सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ भने मन्दाकिनी हाइड्रोको सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गर्नेछ ।