काठमाण्डौ । दुई लघुवित्तसहित ३ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धौलागिरी लघुवित्त, अभियान लघुवित्त र सिक्लेस हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनले सिक्लेसलाई गत असार २३ गते र धौलागिरी र अभियान लघुवित्तलाई असर २४ गते आईपीओ जारी गर्ने अनुमति दिएको छ।
सेबोनले धौलागिरी लघुवित्तलाई १०० अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। यो चुक्तापुँजीको ३२.१० प्रतिशतबराबर हुन आउँछ।
यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
यसैगरी अभियान लघुवित्तले १०० अंकित दरका कुल ९ लाख ९७ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। यो संस्थाको चुक्तापुँजीको ३९ प्रतिशतबराबर हुन आउँछ।
यो लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
यस्तै सिक्लेस हाइड्रोपावरले चुक्तापुँजीको २३.५३ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २० लाख कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा निष्कासन गर्नेछ।
यो हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago