काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
दुई घन्टाको कारोबारमा आज बजार १४.१० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१०.३८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.२३ अंकले घटेर ३७१.९० को विन्दुमा ओर्लेको छ। कारोबार रकम ९० करोड बढीको भएको छ।
बजार जानकार मुक्ति अर्याल ब्याजदर बढ्दा बजारमा दबाब परेको बताउँछन्। ‘ब्याजदर बढ्दाको प्रभाव बजारको दुई दिनको कारोबारमा देखिएको छ’, उनले भने।
बजार अझै केही समय साइडवेजमा चल्न सक्ने अर्यालको भनाइ छ। ‘ब्याजदर बढ्नु राम्रो होइन, यसले सेयर बजारलाई मात्रै होइन समग्र अर्थतन्त्रलाई असर गर्छ’, उनले भने, ‘लागत बढ्दा उद्योगधन्दा पनि धरासायी हुने र बेरोजगारी बढ्नेजस्ता समस्या आउँछन्।’
सक्रिय लगानीकर्ता विष्णु भुसाल हिजो र आज बजार घट्नुको मुख्य कारण ब्याजदर बढ्नु नै रहेको बताउँछन्। ‘ब्याजदर अझै २–४ महिना माथि नै रहनसक्छ’, उनले भने, ‘त्यसैले बजार पनि साइडवेजमै चल्न सक्छ।’
लोन माग अत्याधिक भएको हुँदा र चुक्ता गर्ने क्षमता कम भएका कारण बैंकहरुले ब्याजदर बढाएको हुन सक्ने भुसालको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।
यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.०७ प्रतिशतले उकालो लागेको छ।
आज वित्त समूह सर्वाधिक १.३६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.२७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५२ प्रतिशत, व्यापार समूहमा ०.३२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.७५ प्रतिशत, जलविद्युत समूहमा १.१७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१४ प्रतिशत, अन्य समूहमा ०.२९ प्रतिशत, लघुवित्त समूहमा १.०१ प्रतिशत, जीवन बीमा समूहमा ०.२४ प्रतिशत र लगानी समूहमा १.२५ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका २९ लाख १६ हजार २७१ कम्पनीका ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन रिडी पावरको सर्वाधिक ४ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ३ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३ करोड रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८४ लाख रुपैयाँ, अपी पावरको २ करोड ७५ लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड ६८ लाख रुपैयाँ, अरुण काबेली पावरको २ करोड ५७ लाख रुपैयाँ, नेपाल टेलिकमको २ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २ करोड ९ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको १ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतले बढेको छ।
आज मिर्मिरे लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago