काठमाण्डौ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा पदपूर्तिका लागि दरखास्त खुलाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज एक सूचना जारी गर्दै संस्थाको महाप्रबन्धकमा दरखास्त आह्वान गरेको हो। कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा १० वर्षको कार्यानुभव भएका नेपाली नागरिक दरखास्त दिन सक्नेछन्।
उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्नेछ। उम्मेदवारको हकमा ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।
उम्मेदवारले आफूले पेस गरेको व्यावसायिउक कार्ययोजना प्रस्तुतीकरणसमेत गर्नुपर्नेछ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र दरखास्त दिन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago