काठमाण्डौ । दुबईमा कार धुने काम गर्ने एक नेपाली युवाले चिठ्ठामा एक करोड दिराम (रु. ३५ करोडबराबर) जितेका छन्।
विगत ३ वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्। यो चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहेको गल्फ न्युजले जनाएको छ।
मजुजले साप्ताहिक रुपमा चिठ्ठा खोल्ने गरेको छ। यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। ‘अन्ततः उनको भाग्य खुल्यो र चिठ्ठा जित्न सफल भए’, गल्फ न्युजमा लेखिएको छ।
मजुजका सीईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए। ‘अहिलेसम्म करिब ३ हजार २०० नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्’, सामजीले भने।
यो पैसाले भरतले आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो व्यवस्था गर्ने बताए। ‘मेरा ३ र ५ वर्षका दुई सन्तान छन्, उनीहरुका लागि यो रकम खर्च गर्छु’, उनले भने, ‘ब्रेन ट्युमरपछि प्यारालाइसिस भएको भाइको अपरेसनमा केही पैसा खर्च गर्न चाहन्छन्।’
चिठ्ठा जिते पनि आफूले कार धुने काम नछाड्ने भरतले बताए। ‘यूएईले मलाई धेरै अवसर दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु’, भरतले भने, ‘केही दिन छुट्टी लिएर परिवारलाई भेट्न जान्छु।’
कार धुने काममा भरतले मासिन १ हजार ३०० दिराम पारिश्रमिक पाउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19