काठमाण्डौ। अहिले पूरै विश्व कोरोनाभाइरसको चपेटामा परेको छ। यसबाट दुबई पनि अछुतो छैन। तर यहाँ अवस्था नियन्त्रणमा छ।
दुबईमा गत २९ जनवरीदेखि हालसम्म ४६८ जना संक्रमित भेटिएका छन्। तीमध्ये ५५ जना ठिक भएर घर फर्किसके। अहिलेसम्म २ जनाको ज्यान गएको छ।
सधैं चहलपहल हुने दुबई गत मार्च २६ तारिखदेखि लकडाउनमा छ। जसका कारण दुबई अहिले सुनसान छन्। मलहरु बन्द छन्। तर होटल, रेस्टुराँ, फुड जइन्ट्स खुला छन्। क्यारेफोर, लुलुहाइपर मार्केटजस्ता डिपार्टमेन्टल स्टोर्समा दैनिक आवश्यक सामानले भरिपूर्ण छन्। दूध र हरिया सागसब्जीको कुनै कमी छैन। होम डेलिभरीको पनि व्यवस्था गरिएको छ।
दुबई सरकारलवे प्रतिबन्धात्मक कदम विस्तारैविस्तारै लागूगरेको छ। यसमा आमजनताले पनि साथ दिएका छन्।
दुबईमा लकडाउनको नियम भने निकै कडा बनाइएको छ। नियम उल्लंघन गर्नेलाई ५० हजार दिरहम अर्थात करिब १६ लाख रुपैयाँ जरिवाना तोकिएको छ।
राति ८ बजेदेखि बिहान ६बजेसम्म बाहिर निस्किनका लागि निकै कडाइ गरिएको छ।
सामाजिक दूरीका लागि बस र मेट्रोमा यात्रा गर्नेको संख्या एक तिहाइले कम गरिएको छ। तीनजनाभन्दा बढी मानिस एकसाथ हिँड्न प्रतिबन्ध लगाइएको छ।
अत्यावश्यक कामका लागि मात्र बाहिर निस्किन भनिएको छ।
सरकारले दुबईमा सुरु गरेको सेनिटाइजेसन ड्राइभ ४ अप्रिलसम्म बढाएको छ। सेनिटाइजेसन गर्न सहरहरुमा ड्रोनको प्रयोग गरिएको छ।
कोरोनाबाट विश्वका सबै देश त्रसित भए पनि दुबई निराश छैन। त्यहाँको सरकार र जनता यो भाइरसमाथि जित्न सफल हुने विश्वास राखेका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago