काठमाण्डौ । दुबई सरकारले कोरोनाभाइरससम्बन्धी गलत हल्ला फैलाउनेलाई ५५ सय डलर जरिवाना गर्ने निर्णय गरेको छ।
सरकारी समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार जरिवाना गर्ने यो निर्णय लिनुमा कोरोनाभाइरससम्बन्धी दुष्प्रचार र हल्ला नियन्त्रण गर्नु नै मुख्य कारण हो। दुबईमा शुक्रबार रातिसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ भने ६ हजार ३०० जना संक्रमित भइसकेका छन्।
दुबई सरकारद्वारा जारी सूचनामा कुनै पनि व्यक्तिलाई कोरोनाभाइरससम्बन्धी गलत जानकारी कुनै पनि माध्यमबाट प्रकाशित गर्न, पुनर्जारी गर्न वा प्रवाह गर्न प्रतिबन्ध लगाइएको छ।
त्यस्तै यो भाइरसम्बन्धी सरकारबाट आधिकारिक रुपमा आएका जानकारीबाहेक अन्य सामग्री छापा माध्यम, सामाजिक सञ्जाल, अनलाइन मिडिया वा अन्य माध्यमबाट प्रवाह गर्न पनि बन्देज लगाइएको छ।
दुबई सरकारले यो निर्णय व्यक्तिविशेषका लागि लागू हुने भने पनि सञ्चारकर्मी र मिडियाकर्मीका हकमा भने के हुने भन्नेबारे उल्लेख गरेको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago