काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार दुई लघुवित्त कम्पनीका झन्डै पौने ३२ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मेरो माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका ३१ लाख ८६ हजार ८४० कित्ता सेयर सूचीकृत भएका हुन् । नेप्सेमा मेरो माइक्रोफाइनान्सको १९ लाख ७३ हजार ४०० कित्ता बोनस सेयर र समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् ।

सूचीकृत दुवै कम्पनीका सेयरहरु आउँदो आइतबारबाट कारोबारमा आउने छन् ।

हिजो बिहीबार मेरो माइक्रोफाइनान्स र समता माइक्रोफाइनान्सको अन्तिम सेयरमूल्य क्रमशः ६९३ र ८२० रुपैयाँ रहेको छ ।