काठमाण्डौ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउने निर्णय स्थगित गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा बोर्डले दूधको मूल्य बढाउने निर्णय स्थगित गरेको हो। प्रधानमन्त्री दाहालले बोर्डले दूधको मूल्य बढाउने भने गरेको निर्णय स्थगित गर्न कृषि मन्त्रालयका सचिव एवं दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्दप्रसाद शर्मा निर्देशन दिएका थिए।
त्यसपछि शर्मासहित सरोकारवाला निकायहरुको बैठकले बोर्डको दूधको भाउ बढाउने निर्णय स्थगित गरेको हो। अब उत्पादन लागत, महँगीलगायतको अध्ययन गरेर मूल्य समायोजन गर्ने बैठकले निर्णय गरेको छ।
यसअघि पुस १६ गतेदेखि केही डेरी र दूध उद्योगले दूधको भाउ लिटरमा १४ रुपैयाँले बढाएका थिए। त्यसपछि राष्ट्रिय उपभोक्ता मञ्चले आफूखुसी मूल्य बढाएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19