काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार बिहान उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।
उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको आरोप लाग्दै आएको छ ।
स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको सेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहँदा खनालले राजीनामा बुझाएका हुन् ।
उनको कार्यकाल आगामी साउन ६ गतेसम्म बाँकी थियो । उनी २०७६ साउन ९ गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19