काठमाण्डौ। कुमारी बैंक लिमिटेडले नेपालमा आँखासम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आई सेन्टर प्रालिमा आँखा सम्बन्धित उपचार सेवामा सहुलियत पाउने भएका छन्।
सहुलियत उपलब्ध गराउने विषयमा कुमारी बैंक र दृष्टि दि भिजनबीच सम्झौता भएको हो। सम्झौतापत्रअनुसार दृष्टि दि भिजनबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २०% सम्म र आँखासम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजनका निर्देशक डा. रोहित सैजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ। यसका साथै आफ्ना ग्राहकलाई सरल, सुलभ र सुरक्षित स्वास्थ्य सेवा प्राप्तिका लागि स्वास्थ्य सेवाप्रदायक संस्थासँगको सहकार्य र सहजीकरणलाई निरन्तरता दिइने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19