काठमाण्डौ । विद्यार्थीहरुको मार्गदर्शन र तिनको लक्ष्य प्राप्तिका लागि सहयोग गर्ने अग्रणी संस्थाका रुपमा रहेको एईसीसी ग्लोबलको अष्ट्रेलियन एजुकेशन डे सुरु भएको छ । 

बुधबार(अगस्ट ९)देखि काठमाण्डौको याक एण्ड यति होटल, पोखराको पोखरा ग्राण्डी होटल तथा चितवनको होटल रोयल सेञ्चुरीमा एकसाथ एजूकेशन डेको सुरुवात गरिएको हो । 

स्थापनाकालदेखि नै आफ्नो निरन्तर क्रियाकलापका रुपमा आयोजना भइरहेको अष्ट्रेलियन डे संस्थाले बर्षको दुुईपटक आयोजना गर्दै आएको छ । 

यो पटक एजूकेशन डे ११ अगस्टसम्म जारी रहनेछ । 

काठमाण्डौमा बुधबार बिहान ११ बजेदेखि बेलुकी ५ः३० सम्म यो कार्यक्रम आयोजना गरियो । उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि अष्ट्रेलियाको राजदूत पीटर बड थिए।

काठमाडौंमा आयोजित कार्यक्रममा २७ वटाा अष्ट्रेलियन  विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो । त्यसैगरी, कार्यक्रममा ७०० विद्यार्थीहरुले काउन्सेलिङका लागि सहभागिता जनाएका थिए । 

त्यसैगरी, पोखरामा १४ र चितवनमा १० वटा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थित रहने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । ‘अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रबृत्ति र भिषा डक्यूमेण्टेशन लगायतका बारेमा रहेका जिज्ञासा तथा द्वीविधा हताउने उद्देश्यका साथ हामीले बर्षमा दुुईपटक यस्ता कार्यक्रमको आयोजना गर्ने गरेका छौँ । विद्यार्थीहरुले विश्वविद्यालयको भ्रमण गर्न नसक्ने अवस्थालाई समेतलाइ दृष्टिगत गरी हामीले विश्वविद्यालय नै तिनकासामु उपस्थित गर्ने जमर्को गरेका हौ ।’एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेशकुमार झाले भने । 

सन् २००८ मा स्थापित एईसीसी ग्लोबलको प्रधान कार्यालय अष्ट्रेलियाको मेलबर्नमा छ । हाल संस्थाले ८ देशका २३ वटा शहरबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । अष्ट्रलियाका साथै, एईसीसीले न्यूजिल्याण्ड, क्यानेडा, यूएसए र यूकेबाट पनि सेवा प्रदान गरिरहेको छ । 

संस्थाका साथमा ४० भन्दा बढी क्यूईएसी प्रमाणित काउन्सेलर आवद्ध छन् । विद्यार्थीलाई प्रदान गरिने सटिक तथा उपयोगी काउन्सेलिङ्का कारण संस्था बजारमा रहेका अन्यभन्दा पृथक रहेको झाले बताए । 

‘अध्ययनका लागि निर्धारित देशका साथै आफ्नो राष्ट्रका लागि समेत योगदान दिन हामी आफ्ना विद्यार्थीलाई सधै प्रेरित गर्ने गछौँ । बाहिर अध्ययन गर्दा सिकेका सिप तथा ज्ञानको माध्यमबाट विद्यार्थीले देशका लागि गर्नसक्ने योगदान सम्बन्धी सकारात्मक सल्लाह पनि हामी प्रदान गर्छौ।’ एईसीसीका विजनेश हेडहरु रञ्जितकुमार अग्रवाल र सचिन उपाध्यायले एकैस्वरमा भने ।