काठमाण्डौ । देशका अधिकांश स्थानहरुमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना महाशाखाको भनाइ छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार बिहीबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19