काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–१ धोमा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र मान्नीय संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयुक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको उद्घाटन गरेका छन् । उक्त अवसरमा उपप्रधानमन्त्री पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरी बित्तीय पहुंच पुर्याएकोमा बैकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा बैंकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतको बैंकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको सन्देश सम्प्रेषण गरेका थिए।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक बिकासमन्त्री दल राबल, उद्योग, पर्यटन तथा वाताबरणमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ति तथा प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति थियो । त्यसैगरी कार्यक्रममा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढा, नेकपा केन्द्रीय सदस्य हंशबहादुर शाही, नेपाली कांग्रेसका जिल्ला सभापति अंगदबहादर बुढालगायत पत्रकार र सर्वसाधारणको सहभागिता थियो ।
यसैबीच डोल्पा जिल्लाको छार्काताङसोङ गाउँपालिका–४ स्थित २३७ औं शाखा कार्यालयको पनि कारोबार शुभारम्भ भएको छ ।
बैंकले गत आ.व. २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५।५० प्रतिशत रहेको छ ।
बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19