काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडले बुक बिल्डिङ्ग विधिमार्फत १४ लाख ६० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
आइपीओ निश्कासनका लागि सो कम्पनीले ग्लोबल आइएमई क्यापीटल लिमीटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा बुधबार रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडको कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेड र क्यापीटल बीच शेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमीटेडको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधिमार्फत १४,६०,००० कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । ४,३०० भन्दा धेरैे जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ भने उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्व बजार, त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago