काठमाण्डौ । नेपालको नम्बर १ अनलाइन् मार्केट, दराजले यही आउँदो नोभेम्बर ११ अर्थात कार्तिक २५ गते नेपालको पहिलो अनलाइन किनमेल उत्सवको रुपमा मनाउने तयारी गरेको छ । 

यो कार्यक्रमलाई बृहत्तर इ–कमर्स संचालक अलिबाबाले आजभन्दा १० वर्षअघि मनाउन शुरु गरेको थियो र आज यो विश्वकै सर्वाधिक ठूलो सेल डे बनिसकेको छ। नेपालमा पनि अनलाइन् किनमेलको नयाँ युगको तयारी भएको हो ।

दराज ११.११ सेल नोभेम्बर ११ (कार्तिक २५ गते)को मध्यरातबाट शुरु हुनेछ र ठिक २४ घण्टासम्म खुला रहनेछ। यो बिक्री उत्सवमा ८० प्रतिशतसम्मको महा छुट प्रदान गरिनेछ । यो अवधिमा खास नयाँ सामानहरुको लञ्च, फ्ल्यास सेल्स, मिस्ट्री बक्स्, ब्राण्ड भौचरहरु र अन्य उपहारहरु दिनभरी नै चल्नेछ । १००० भन्दा बढीको संख्यामा स्थानीय बिक्रेताहरुका साथ यसभन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको अब पहुँच हुनेछ । ११.११ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो, यसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट उत्पादन र डिलहरु प्रदर्शन गरेर वास्तवमै व्यक्तिगत रुपमा अनुभव दिलाउनेछ ।

दराज नेपालका प्रबन्धनिर्देशक  राजीव अमात्यले यो विषयमा थप प्रष्ट पार्दै भभने, “हामी हाम्रा ग्राहकहरुलाई यस्तो चिज दिंदैछौं जुन उहाँहरुले यसभन्दा अघि पहिले कहिल्यै पाउनु भएको थिएन । ११.११ अभियानको साथमा दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदान गर्नेछ । कहिल्यै नभएको छुट, कहिल्यै नपाइएको उत्पादन रोजाई, जहाँ नेपालीले लाखौं रुपैयाँ बराबरको पुरस्कारहरु जित्न सक्नेछन् ।”

११.११ मा कसले भारी भरकम छुट दिइरहेका छन्?

दराज ११.११ सेलले औद्योगिक क्षेत्रका सर्वश्रेष्ठ खेलाडीहरुलाई एकै ठाऊँमा ल्याएको छ । एमआई, वानप्लस, टाइटन, गोल्डस्टार, एडिडास, नाइक, पाल्सोनिक अष्ट्रेलिया, म्यानह्याटन, रीबक, मन्त्र गिटार्स, होम ग्लोरी, जे फिसर, रङ्गोली, सामसुङ्ग, एन्कर, सोनमगीयर्स रहोलिडे प्याकेजहरुले आकर्षक डिलहरुका साथ थप भाउचरहरु प्रदान गर्नेछन् ।

हरेक समूह (फोन, फेसन, सौन्दर्य, होम एण्ड लिभिङ, ग्रोसरी, उपकरणहरु, कम्प्युटरहरु, टिभीहरु र अरु पनि धेरै)उत्पादनका विविधिकरणहरु अत्याधिक मूल्य कटौतीका साथ देख्न सकिनेछ । हजारौं ब्राण्डहरु ११.११ को क्रान्तिकारी उत्सवमा सहभागी हुँदैछन्, त्यो पनि उत्कृष्ट मोलहरु र बृहत्तर कम्बो डिलहरु  प्रदान गरेर ।