काठमाण्डौ । देशभर थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ६ हजार ६५७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जनामा र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ३८० जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका २६१ जना, ललितपुरका ७४ जना र भक्तपुरका ४५ जना छन्।

यो अवधिमा थप १ हजार ३१६ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार १५९ रहेको छ। 

पछिल्लो २४ घन्टामा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक संकलन भएको छ। योसँगै कुल मृतकको संख्या ९ हजार ३४० पुगेको छ। 

हालसम्म देशभर २६ लाख ११ हजार ८०७ जनाले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका छन्। जसमा ९ लाख ६४ हजार ५०८ जनाले दोस्रो डोज पनि लगाइसकेका छन्।