काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै १ हजार ९०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको आँकडाअनुसार काठमाण्डौ उपत्यकामा मात्रै कुल १ हजार ९१२ जनामा कोरोना पुष्टि भएको छ। यसमा काठमाण्डौ जिल्लामा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन्। 

यो अवधिमा देशभर भने थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै हालसम्म ३ लाख ३ हजार ५६१ जनामा कोरोना पुष्टि भइसकेको छ। 

पछिल्लो २४ घन्टामा थप ३७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ९५१ पुगेको छ। 
हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ। 

पछिल्लो २४ घन्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १७६ पुगेको छ।