काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७ हजार ५९८ जना र ९३१ जना एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा गरी कुल ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको हो। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै २ हजार ८२१ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका १ हजार ७६१ जना, ललितपुरमा ६९४ जना र भक्तपुरमा ३६६ जना छन्। 

पछिल्लो २४ घन्टामा थप ७ हजार ६६४ संक्रमणमुक्त भई निको भएर घर फर्किएका छन्। 

यो अवधिमा देशभर थप १९३ जनाको मृत्यु भएको छ।