काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर नयाँ संक्रमित थपिनेभन्दा निको हुने बढी देखिएको छ। लगातार चौथो दिन निको हुनेको संख्या बढी देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकका अनुसार यो अवधिमा १४ हजार ७५२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ। 

यो अवधिमा थप ६ हजार ८० जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।  

यस अवधिमा थप ११६ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।