काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म देशभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ। 

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले विद्यालय बन्द गर्न गरेको सिफारिसलाई कार्यान्वयन गर्ने भएको हो। विद्यालय बन्दको मोडालिटीबारे मन्त्रालयले आजै सूचना जारी जानकारी गराउनेछ। 

बैठकमा विद्यालय बन्दको मोडालिटीबारे छलफल भएको थियो। 

सीसीएमसीसीको आइतबार बसेको बैठकले कोभिडको जोखिम बढेको भन्दै विद्यालय बन्दसहित १३ बुँदे निर्णय कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको थियो।