काठमाण्डौ । कोरोना संक्रमणका कारण समूहमा काम गर्नेहरु बढी जोखिममा पर्न थालेका देखिएको छ । यो क्रममा कोरोना संक्रमितको उपचारमा खटिएका १८३ स्वास्थ्यकर्मीलाई पनि संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १८३ स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको हो । यो मंगलबारसम्मको तथ्यांक हो ।
संक्रमित स्वास्थ्यकर्मीहरुमध्ये १२३ पुरुष र ६० महिला रहेका छन् ।
मन्त्रालयका नुसार प्रदेश १ मा ८, प्रदेश २ मा ७८, बागमति प्रदेशमा १६, गण्डकीमा २० जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदुरपश्चिम प्रदेशमा २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको हो । संक्रमितहरु डाक्टर, नर्स, अनमी, टेक्निसियन तथा फार्मेसिस्टहरु रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago