काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १८ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८२५ जनामा र ३ हजार २११ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जना गरी कुल ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ। 

यो अवधिका काठमाण्डौ उपत्यकामा थप २ हजार ५७ जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौमा १ हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जना छन्। 

मन्त्रालयअनुसार पछिल्लो २४ घन्टामा थप ५ हजार ९०४ जना निको भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ।

पछिल्लो २४ घन्टामा थप ७५ जनाको निधन भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ७ हजार ६३० पुगेको छ।