काठमाण्डौ । मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ।

नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको,  वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता  र  पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध  समेत गरेको छ। 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक –दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो। । देशको धेरैजसो स्थानहरुमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ। 

त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ।