काठमाण्डौ । देशभर थप पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज सार्वजनिक गरेको तथ्यांकअनुसार ८ हजार ५५ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६६७ जनामा र ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६९ जनामा गरी कुल १ हजार ७६३ जनामा कोरोना पुष्टि भएको हो। 

यो अवधिमा काठमाण्डौ उपत्यकामा मात्रै ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौमा मात्रै ५५० जना, ललितपुरमा १०५ जना र भक्तपुरमा ३५ जना छन्। 

योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ। 

पछिल्लो २४ घन्टामा थप २५१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ।
यस अवधिमा थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। योसँगै मृतकको संख्या ३ हजार १०२ पुगेको छ। 

हाल सक्रिय संक्रमित ३.०१ प्रतिशत रहेका छन् भने ९५.९१ प्रतिशत संक्रमणमुक्त भएका छन्। मृत्युदर भने १.०८ प्रतिशत रहेको छ।