काठमाण्डौ । यदि तपाइँ पनि करोडपति बन्न चाहनुहुन्छ ? यो सपना पूरा गर्न त्यति गाह्रो छैन। यसका लागि सही लगानी रणनीति, दृढ संकल्प र लक्ष्य आवश्यक छ।
यसका लागि तपाइँले धेरै काम गर्नुपर्दैन। दिनमा दुई कप चिया पिउन छोड्नुपर्छ।
चियाले स्वास्थ्यमा नराम्रो असर गर्छ। यसले तपाइँँको खल्ती पनि खुकुलो बनाउँछ। व्यावसायिक व्यक्तिहरुको कुरा गर्दा चियाप्रेमीहरुले सामान्यतया औसतमा दुईपटक चिया पिउने र कम्तीमा ४० रुपैयाँ खर्च गर्छन्। यो ४० रुपैयाँ बचत गरेर करोडपति बन्न सक्नुहुन्छ !
धेरैजसो मानिसहरु आफ्नो दिनको सुरुआत चियाको चुस्कीबाट गर्छन्। केही मानिसहरु यस्ता छन् जो एक वा दुईपटक होइन दिनमा धेरै पटक चिया पिउने गर्छन्। यस्तो अवस्थामा चिया त्याग गर्न गाह्रो छ तर असम्भव भने छैन। त्यो पनि जब स्वास्थ्यमा प्रतिकूल असर पार्ने यो चिया छोडेर धनी बन्न सकिन्छ। यसका लागि दृढ संकल्प र इच्छाशक्ति चाहिन्छ।
अब दिनको दुई कप चिया छोडेर वा दैनिक ४० रुपैयाँ बचत गरेर कसरी करोडपति बन्ने भन्ने कुरा गरौँ। यसका लागि विशेष सूत्र छ।
दैनिक दुई चियाको पैसा बचत गरेमा महिनामा १ हजार २०० रुपैयाँ जम्मा सकिन्छ। त्यसपछि त्यो पैसा सही ठाउँमा लगानी गरेर करोडपति बन्ने बाटोमा अगाडि बढ्न सकिन्छ। यसका लागि तपाइँले यो रकम हरेक महिना म्युचुअल फन्डमा लगानी गर्नुपर्छ। म्युचुअल फन्डले दीर्घकालीन लगानीमा ठूलो प्रतिफल दिन्छ। जुन १५ देखि १८ प्रतिशतसम्म हुन सक्छ।
तपाइँ दुई चियाको पैसा जम्मा गरेर सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)मा लगानी गर्न सक्नुहुन्छ। यदि तपाइँ २० वर्षको युवक हुनुहुन्छ र तपाइँले चिया पिउन छाडेर मासिक १ हजार २०० रुपैयाँ एसआईपीमा ४० वर्षसम्म लगानी गर्दै जानुहुन्छ भने ५ लाख ७६ हजार रुपैयाँ जम्मा हुनेछ। अर्कोतर्फ यदि तपाइँले यो ४० वर्षको अवधिमा आफ्नो लगानीको औसत १५ प्रतिशत प्रतिफल पाउनुहुन्छ भने कुल धनराशि ३ करोड ७६ लाख ८४ हजार ५०६ रुपैयाँ हुनेछ।
अब यदि तपाइँ एसआईपीमा औसत १८ प्रतिशतसम्म प्रतिफल पाउनुहुनेछ भने त्यो कुल धनराशि १० करोड ३० लाख १८ हजार २४० रुपैयाँ हुनेछ।
म्युचुअल फन्डमा गरिएको लगानीमा चक्रवृद्धि ब्याज प्राप्त गर्नाले तपाइँले गरेको सानो लगानी पनि दीर्घकालीन रुपमा ठूलो फन्ड बन्छ। करोडपति बन्ने यो सूत्र प्रभावकारी छ तर म्युचुअल फन्डमा लगानी गर्नु पनि निकै जोखिमपूर्ण छ। सेयर बजारमा भइरहेको उथलपुथलले तपाइँको लगानी पनि प्रभावित हुन सक्छ। यस्तो अवस्थामा लगानी सुरु गर्नुअघि आफ्नो वित्तीय जानकारहरुसँग सल्लाह लिनुपर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19