-धनकुमार राई
प्राविधिक गणनामा बजारमा खरिददारीको अनिवार्य अवसर निरन्तर नै रहिरहने देखिएको छ ।

Pivot   र De-Marks को विधि चित्र अनुसार भोलि बजारको १२२२ देखि १२६० भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

भोलि १२५० भन्दा माथि गएर बजार बन्द भयो भने आगामी साताको बजारले १४६० को लक्ष्यलाई भेट्याउने प्रयास थाल्नेछ ।

प्राविधिक सेटअप अनुसार दैनिक चार्टले देखाएको डबल बटम अर्थात 'W' प्याटर्न पनि भनेर चिनिन्छ ।

सोअनुसार डबल बटम अर्थात 'W' लाई आजको कारोबारले सुनिश्चित गरेको देख्न पाइयो।

आजको कारोबारअनुसार १२१० को महत्वपूर्ण नेकलाइनलाई उच्च उत्साहका साथ उछिन्ने क्रममा महिनौदेखिको लगानीकर्ताहरुमा छाएको निराशामा हौसला र विश्वास थपिएको भनेर चित्र अनुसार पनि म्याण्डेट दिन सकिन्छ ।

यसरी हामीले पटक पटक लङटर्ममा बजारको बढ्ने संकेतहरुलाई चित्रमार्फत पनि देखाइसकेकै छौं र सो अनुसार बजारमा उतारचढाव हुुनु स्वभाविक नै रहेको जिकिर पनि गरेकै हौं । 

अब साताको अन्तिम दिन भोलि बजारले १२५० बिन्दुनजिक केही लाभ बुक गर्ने दवाब पनि खेप्नेछ, यसलाई मनोवैज्ञानिक दवाब पनि भन्न सकिन्छ । सो प्राविधिक बिन्दुलाई उछिन्न संघर्ष गर्नुपर्ने हुन सक्छ । यसरी अन्ततः दवाबलाई जित्दै बजारले आफ्नो लयमा उक्लिन बिर्सने छैन । 

दैनिक कारोबारको मान्यता Price Action लाई हेर्दा पनि १२०० देखि १२१० माथिको अवस्थामा बुलको बलियो आधार भएकोले पनि खरिददारीको अनिवार्य अवसर निरन्तर नै गर्नु लाभदायक हुनेछ । 

यसरी मासिक चार्टलाई पनि हेरौं :

माथिको चित्रमा बजारको सक्रियता बुलिस लङ टर्मको सिमाना भन्दा माथि नै रहेकोले बजारमा खरिददारीको अनिवार्य अवसर निरन्तर नै रहेको देखिन्छ । चित्रको न्यूनस्तर किनारा ११७५ भन्दा तल मात्र बजारमा कम उत्साही बन्ने मान्न सकिन्छ ।