काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छ। 

यसैगरी इक्रा नेपालले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई  (इक्राएनपी–आईआर) बी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायमा समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको मानिन्छ। 

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने रहेको इक्राले स्पष्ट पारेको छ। 

रेटिङ पर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) बी प्लसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) बी माइनसको स्थिति (इक्राएनपी–आईआर) बीभन्दा एक चिह्न तल रहन्छ।