काठमाण्डौ । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको सेयर भोलि (बिहीबार)बाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
दोर्दीखोला जलविद्युत कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार सूचीकृतसँगै भोलिबाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।
यो कम्पनीको १०० अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ७५ लाख ९० हजार ६७५ कित्ता, सर्वसाधारणको १८ लाख ९७ हजार ६६९ कित्ता र स्थानीयको १० लाख ५४ हजार २६० कित्ता रहेको छ।
नेप्सेले यो कम्पनीको ‘डीओआरडीआई’ (दोर्दी) कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम १०२.३९ रुपैयाँदेखि अधिकतममा ३०७.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
यदि भोलि स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ।
यो कम्पनीले गत जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा गत असार ८ गते सम्पन्न भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19