काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको थियो।

आज वैशाख १३ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिकाका स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकिदर दरका १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको छ। यो आईपीओमा दोर्दी (साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) गाविसका बासिन्दाले आवेदन दिन पाउनेछन्। 

यो आईपीओको निष्कासन बन्द छिटोमा आज वैशाख २७ गते हुने भनिएको थियो। तर मागबमोजिम आवेदन नपरेका कारण अब यो आईपीओमा आउँदो जेठ ५ गतेसम्म आवेदन दिन सकिने दोर्दी धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ। 

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। 

स्थानीयले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन्। यसका साथै स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जनाएको छ।