काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज जेठ २६ गतेदेखि आवेदन खुला गरिएको छ।
कम्पनीले १०० अंकित दरले कुल २१ लाख ९५ हजार ५०९ कित्ता (आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित) आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो। कुल कित्तामध्ये १ लाख ९ हजार ७७५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख १९ हजार ८६९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिन्छ।
यो आईपीओको निष्कासन बन्द छिटोमा जेठ ३१ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिमा सबै सेयर बिक्री नभएमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ।
यो आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत २८ गते निष्कासन अनुमति दिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19