काठमाण्डौ। प्रहरीले दोलखा जिल्लाबाट आइतबार  पुन :४ किलो सुन बरामद गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको स्थानीय प्रहरीको टोलिले स्थानीय बिगु गाउँपालिका–१, लामाबगरबाट सुन बरामद गरेको हो ।

प्रहरीले केही दिनअघि पनि दोलखा जिल्लाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा थप चार किलो सुन पनि बरामद भएको हो ।

दोलखा जिल्लाबाट यो सहित बरामद भएको सुनको परिमाण ११ किलो पुगेको छ ।

यो सुन दोलखाको चीनसँगको फलेक नाकाबाट आएको हो । प्रहरी स्रोतका अनुसार, यो सुन चीनसँगको फलेक नाकाबाट आएको हो ।