काठमाण्डौ । दोल्ती पावर कम्पनीले यही चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल १० लाख ७२ हजार ९७२ कित्ता जारी गरिनेछ। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ।

अब बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा आउँदो वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

दोल्ती पावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।