काठमाण्डौ । दोल्ती पावर कम्पनीको आईपीओ आज वैशाख ८ गते बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम दिउँसो ३ बजे राखिएको छ। 

कम्पनी यो कम्पनीले गत चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको थियो। यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।  

यो आईपीओमा अन्तिम दिनसम्म १३ लाख ३९ हजार ४४० आवेदकबाट कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ११.६० गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख २७ हजार १८६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्।